समाचार

रौतहट हत्याकाण्डका हेड मिस्त्री पक्राउ

रौतहट, १८ असोज । रौतहट हत्याकाण्डका फरार प्रतिवादी एकजना पक्राउ परेका छन् । रौतहट हत्याकाण्डाका फरार प्रतिवादी बारा सिम्रौनगढ नगरपालिकाका बद्री सहनीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

२०६४ चैत २८ गते हुने संविधान सभाको चुनावलाई लक्षित गरी २०६४ चैत २७ गते साँझ राजपुर नगरपालिका स्थित शेख ईद्रिशको गोठघरमा बिस्फोटक पदार्थ स्टोर गरी बम बनाउने क्रममा बम बोष्फोट हुँदा १६ जना घाइते तथा ३ जनाको मृत्यु भएकोमा घाइतेहरुलाई ट्याक्टरमा लोड गरी नजिकैको इँटाभट्टामा लगि जलाएको घटनामा संलग्न रही फरार रहेका सहनीलाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषाबाट खटिएको प्रहरीले रौतहट बौधीमाई नगरपालिका बड्की बंकुलबाट पक्राउ गरेको जनाएको छ ।

उक्त घटना हुँदा सहनी इँट्टाभट्टाको हेड मिस्त्री रहेको र मो.अफताब र मो.महताब आलमको निर्देशन बमोजिम उक्त घटनाका घाइतेहरु तथा मृतकहरुलाई इँट्टाभट्टाको मुग्रोमा हालेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको उक्त कार्यालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *