समाचार

चीनमा बिचल्लीमा परेका ४४ महिला शनिबार नेपाल फर्किदै

चीनमा अलपत्र परेका ४४ नेपाली महिला साढे दुई महिनापछि नेपाल फर्कने भएका छन्।चीन पठाएको कम्पास मेनपावरले नेपालबाट हवाइ टिकट पठाएपछि उनीहरू शनिबार चीनबाट नेपाल फर्कन लागेका हुन्। यो खबर आजको नागरिक दैनिकमा चेतनाथ आचार्यले लेखेका छन्।

चीनको उत्तरपूर्वमा पर्ने ल्याउनिङ प्रान्तको तानतोङस्थित तानतोङ गार्मेन्ट कारखानामा काम गर्न भनी आएका ४४ नेपाली महिला बिगत साढे दुई महिनादेखि बिचल्लीमा परेका थिए।मेन पावर कम्पनीले झुक्याएर सिलाइको काममा पठाएको ती महिला सिलाइको सीप नभएकाले काम गर्न सक्ने अवस्थामा थिएनन्। उनीहरूलाई सम्झौताअनुसार पारिश्रमिक पनि दिइएको थिएन।

तसर्थ उनीहरूले आफूलाई पठाउने कम्पास मेन पावर कम्पनी र बेइजिङस्थित नेपाली दूताबासलाई उद्दार गरेर नेपाल फर्काउन अनुरोध गरेका थिए।म्पास मेन पावर कम्पनीका गिरिराज घिमिरे र राम कार्कीले चीनमा आएर नेपाली महिलालाई काम गर्न दबाब दिएका थिए। ४४ मध्ये २४ जनाले आफूहरूले काम गर्न नसक्ने बताएपछि बाँकी २० जनालाई भए पनि कम्पास मेनपावरले चीनमै काम गर्न फकाएको थियो।

चिनियाँ कम्पनी तानतोङले पनि २० जनालाई काम गर्न दिएर बाँकी २४ जनालाई फर्काउने प्रारम्भिक सहमति भएको थियो।पछि २० जना मध्ये केही महिलाले आफूहरू पनि फर्कने बताएपछि चिनियाँ कम्पनीले कसैलाई पनि काममा नराख्ने बताउँदै चीनमा बसेको र खाएको तथा अन्य कागजाज मिलाउन भएको खर्चबापत प्रतिव्यक्ति ६०० अमेरिकी डलर माग गरेपछि कम्पास र तानतोङ कम्पनीबीच विवाद सुरु भएको थियो।

पछि ३०० डलर क्षतिपूर्ति लिएर नेपाली महिलाहरुलाई फिर्ता पठाउन सहयोग गर्न अनुरोध गरेपछि त्यही अनुसार सहमति भएको दूताबासका नियोग उपप्रमुख सुशील लम्सालले बताए।पछि तानतोङले ६०० डलर नै चाहिने भनेपछि उद्दारको पर्खाइमा रहेका नेपाली महिलाको नेपाल फर्कने सपना अनिश्चित बनेको थियो।शनिबार फरकफरक तीनवटा हवाई कम्पनीबाट नेपाली महिला स्वदेश फर्कने लम्सालले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *