समाचार

अर्जुननरसिंह के.सि.निवासमा डाक्टर काेइरालाकाे सौहार्दपूर्ण भेटघाट

 

मंसिर ,२१
काठमाडौं । मंसिर ४ मा सम्पन्न आम निर्वाचनको मत परिणाम आइसकेको छ। तर नेताहरु बधाई तथा शुभकामना आदन प्रदान र भेटघाटमा व्यस्त हुनुहुन्छ।

यसै सिलसिलामा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता डाक्टर शेखर काेइराला र अर्को प्रभावशालि नेता अर्जुननरसिंह के.सि. बिच भेटघाट भएको छ। आज बिहान के.सि निवासमा काेइराला र के.सि. काे भेट भएको संस्थापन इतर श्राेतले बताएको छ।

राजनितीक वृत्तमा कुन दलकाे नेतृत्वमा सरकार बनाउने भनी तात्ताताे बहस चलिरहेको बेला के.सि. र काेइरालाकाे भेटलाइ महत्त्वका साथ हेरिएकाे छ।

यति बेला सत्ता गठबन्धनले यहि गठबन्धनलाई निरन्तरता दिने र सरकार निर्माणमा सहयोग गर्ने पहिलो चरणको राेडम्याप तयार भइसकेको छ। नेपाली काङ्ग्रेस भित्र संसदीय दलकाे नेता र सभामुखकाे प्रसङ्ग पनि बहसकाे बिषय भएको छ।

निर्वाचन पछि नेपाली काङ्ग्रेसका नेताद्वय के.सि.र काेइरालाकाे अौपचारिक भेट हुन सकेको थिएन । आजको भेटघाट विजयी भएपछिको बधाई तथ शुभकामना साटासाट गर्न राखिएको नेताहरुले बताउनुभएको छ। एक नेतालाई उद्दित गर्दै श्राेतले बताए अनुसार “नेताहरु बिच बधाई तथा शुभकामना आदन प्रदान भएको छ र समग्र राष्ट्रिय राजनितीकाे विषयमा छलफल र चुनावी समीक्षा भएको छ।”

प्रतिनिधि सभाकाे सभामुख अर्जुननरसिंह के.सि. हुनु पर्छ भन्ने खुल्ला बहस चलिरहेको छ ,यो विषयमा केही कुरा भयो कि भन्ने जिज्ञासामा ” अबकाे सभामुखको विषयमा पनि केहीगम्भीर सकारात्मक छलफल भएको निकट नेताहरुले जानकारी दिनु भयो ।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *