समाचार

गाउँबासीको बिचल्ली पारेर घर भत्काउदै सडक विस्तार

साउन १०,बझाङ । बझाङको केदारस्यु गाउँपालीका ९ गल्लेक गाउँमा घर भत्काएर सडक विस्तार गरिएसँगै गाउँबासी बिचल्लीमा परेका छन। पौडी बजारबाट सेकु, रजाडा हुदै भाम्चौर जोड्ने झण्डै २५ किलोमीटर सडक विस्तारको क्रममा घरनै भत्काएर सडक विस्तार गर्न लागिएको हो । बीहिबार डोजरले घर भत्काएपछी स्थानीय बछि बोहराको गाउँबाटै उठीबास भएको छ ।

सोही घरमा पसल राखेर दैनिकी चलाईरहेका बोहराको घर भत्काइए पछी उनी बिपत्तीमा परेका छन् । खेतको बिचैबाट डोजर कुदाएर आधा भन्दा बढी लगाएको बाली मासिएको भन्दै स्थानीय प्रेम बोहराले दुखेसो पोखेका छन् । उनले भने गाईभैसी पालेर परिवार धान्ने मेलापातबाट घाँस भित्र्याउने समयमा वनमा पनी डोजर चल्यो अब भोकमरी हुने भयो । वर्षातको समयमा सडक विस्तार गर्ने भन्दै डोजर आतंक मच्चाउने यो पहिलो उदाहरण भने होइन ।

सरकारले बाढी पहिरोबाट् बच्न उच्च सर्र्तकता अपनाउन देशभरनै निर्देशित गरिरहेको बेला विकास निर्माणर्का नाममा यसरी डोजर आतंक मच्चाउदा गाउँबासी त्रसित बनेका छन। यता केदारस्यु गाउँपालीका वडा ९ का वडा अध्यक्ष अहिन्द्र शाहीले सहमतीमै सडक विस्तार गरिएको बताए । उनले भने ‘विकास गर्दा अलीकती विनास हुने कुरा स्वभाविक हो, स्थानियहरुको मागलाई मध्यनजर गर्दै सडक गाउँमा लगेका हौ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *