समाचार

लगातार वर्षापछि आएको बाढीपहिरोले देशका दर्जनौं मुख्य सडक अवरुद्ध

लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका ६ दर्जन बढी मुख्य सडक अवरुद्ध भएका छन्।ग्रामीण इलाकामा जथाभावी खनिएका अनगिन्ती सडकमा पनि बाढी र पहिरोले क्षति पु¥याएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागका अनुसार बुधबार देशका ६ दर्जन बढी ठाउँमा बाढी र पहिरोका कारण सडक अवरुद्ध छ। यो खबर आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन्।देशभर मंगलबार विभिन्न सडकका १७ मुख्य ठाउँमा सडक अवरुद्ध भएको थियो । गत शनिबार भने ६१ स्थानमा सडक अवरुद्ध थियो।

वर्षापछिको बाढी र पहिरोबाट गत १ साउनमा महेन्द्र राजमार्ग, त्रिभुवन राजपथ, बीपी राजमार्ग, मध्यपहाडी राजमार्ग, कान्तिपथलगायत दर्जन स्थानमा सडक अवरुद्ध भएकोमा त्यसको भोलिपल्ट २ साउनमा देशका विभिन्न ५३ स्थानमा सडक अवरुद्ध भएको थियो।सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले अवरुद्ध भएका सडकहरू छिटो खुलाउन निरन्तर रूपमा लागिरहेको बताए।

‘हामीले मनसुन सुरु नहुँदै जेठदेखि नै हाम्रा सबै निर्माण सामग्री तयारी अवस्थामा राखेर काम गरिरहेका छौं,’ प्रवक्ता सापकोटाले भने, ‘पहिलो प्राथमिकता सडक अवरुद्ध भएमा छिटोभन्दा छिटो कसरी खुलाउने भन्नेमा हुन्छ, त्यसमा सुरक्षाकर्मीलगायत हामी सबै निरन्तर लागिरहेका छौं।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *