समाचार
मेयर वालेन शाहले दिए ओलिलाई सभ्य तरिकाले जवाफ

मंसिर ,१४
काठमाडौ । काठमाडौ महानगरपालिका मेयर बालेन शाहले एमाले अध्यक्ष केपि ओलिले गरेको आलोचना प्रति सामाजिक संजाल मार्फत टिप्पणी गर्नु भएको छ।
काठमाडौमा भएको एक कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहनु भएका ओलिले थापाथली स्थित सुकुम्बासी बस्तिमा महानगरले गरेको कार्य प्रति व्यङ्ग्य गर्दै फुसकाे छाना भत्काउन डाेजरकाे प्रयाेग गरि सुकुम्बासी बस्तिमा जुन तमासा गरियो? भनी मेयर बालेन शाह माथि प्रश्न गर्नु भएको थियो ।
प्रतिउत्तरमा मेयर शाहले भन्नु भएको छ-” अधिकार सम्पन्न बाग्मति सभ्यताको आग्रह र समन्वयमा महानगरले आफ्नो जिम्मेवारी पूरा गरेकोमा तपाईंको धारणा आउनु स्वभाविक हाे । किन भने २०४७ सालदेखि १४ वटा आयाेग गठन भयो तर सुकुम्बासी समस्य समाधान भएन । आफू पटकपटक मन्त्री र दुईतिहाइकाे प्रधानमन्त्री हुदा पनि केहि गर्न सक्नु भएन।” तर उनिहरुलाई भाेट बैक मात्र बनाएकाे भन्दै सुकुम्बासीलाई ओलिले स्वार्थवस विभिन्न कालखण्डमा प्रयाेग गरेको मेयर शाहकाे आराेप छ ।
ओलि जनता ,नदीनाला र नेवा सभ्यताको विराेधि भएकाले प्रधानमन्त्री रहेको समयमा लुँहिटी ( सुनधारा) जस्तो ऐतिहासिक संरचना ध्वस्त पारेर सेताे टावर ठड्याएकाेमा शाहले आक्राेष व्यक्त गर्नु भएको छ।
सामाजिक संजालमा लेख्दै मेयर शाहले हनुमानढोका पूर्ननिमाणमा नेवा सभ्यताकाे मौलिकता नासेर विदेशिलाई पाेस्ने काम कसरी गर्नु भयो भनी प्रती प्रश्न गर्नु भयो । तसर्थ सभ्यता जाेगाउने ,नदीनाला अतिक्रमण राेक्ने कार्यमा ओलिले बिराेध गर्नु सामान्य भएको उनकाे आशय थियो ।
आजको परिस्थिति पहिलेको जस्तो नभएको भन्दै महानगरले गरेको काममा सहयोग गर्न अपिल गरेका मेयर शाहले आफ्नो विरुद्ध अरुलाई प्रयाेग नगर्न चेतावनी दिनु भएको छ।


