खेलकुद
विश्वकप एशिया फाइनलः दोस्रो खेलमा नेपालको शानदार जीत, ज्ञानेन्द्रको अर्धशतक
काठमाडौं । ज्ञानेन्द्र मल्लको विस्फोटक ब्याटिङसँगै नेपालले मलेसियालाई ७ विकेटले हराएको छ र टी–२० विश्वकप छनोटको एसिया फाइनलमा पहिलो जित हात पारेको छ । वर्षाका कारण ९ ओभरमा छोट्याइएको खेलमा मलेसियाले दिए को ८४ रनको लक्ष्य नेपालले ६ बल बाँकी छँदा ३ विकेट गुमाएर भेट्टायो ।
आठौं ओभरको अन्तिम बलमा छक्का हान्दै नेपाललाई जिताएका विनोद भण्डारी १३ रनमा अविजित रहे। नेपालको जितमा मल्लले अर्धशतक बनाए । आक्रामक पारी खेलेका उनले २१ बलको सामना गरेका उनले ५ चौका र ३ छक्काको मदतमा ५१ रन बनाएका हुन् । यसअघि टस हारेर ब्यटिङको निम्तो पाएको मलेसियाले ९ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनाएको थियो ।
उसका सफिक शरीफले १५ बलमा ३० रन बनाए भने भिरनदीप सिंहले २१ रन जोडे पनि अन्य ब्याट्सम्यान चलेनन् । सोमपाल कामीले ३ विकेट लिए भने बसन्त रेग्मीले २ विकेट आफ्नो नाममा लेखाए । सिंगापुरको इण्डियन एसोसिएसन ग्राउण्डमा भएको खेलमा नेपालले अन्तिम ओभर बाँकी छँदै ७ विकेटको शानदार जीत हात पारेको हो ।
प्रतिक्रिया दिनुहोस्


