खेलकुद

बार्सिलोना ला लिगामा जितका लागि निर्णायक

काठमाडौं, १० भदौ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत साविक विजेता बार्सिलोनाले रियल भालोडोलिडलाई पराजित गरेको छ ।

भालाडोलिडले घरेलु मैदानमा बार्सिलोनालाई गोल गर्ने अवसर नदिंदा जितका लागि निकै संघर्ष गर्नुपरेको थियो । तर, दोस्रो हाफमा ओस्मान डेम्बेलेले बार्सिलोनाका लागि गोल गरे ।

५७औं मिनेटमा सेर्गी रोबर्टोको पासमा गरेको गोल नै बार्सिलोनाको जितका लागि निर्णायक बन्यो । खेलको अन्त्यतिर भालाडोलिडले बराबरी गोल फर्काए पनि भिडियो असिस्टेन्ट रेफ्रीले गोलको मान्यता दिएन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *