खेलकुद
लिग कप फुटबल : म्यानचेस्टर सिटी फाइनलमा प्रवेश

काठमाडौं,१० माघ । म्यानचेस्टर सिटी लिग कप अर्थात काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलको दोस्रो लेग अन्तर्गत गए राति भएको खेलमा बुर्टनलाई १–० ले हराउँदै पेप गार्डिवलाको टिम सिटीले लिग कपको फाइनलमा समग्रमा १०–० को जितसहित स्थान पक्का गरेको हो ।
घरेलु मैदानमा भएको पहिलो लेगमा ९–० को जित निकालेको सिटीले बुधबार राति अवे मैदानमा भएको खेलमा १–० को जित निकालेको हो ।


