खेलकुद
बलियो बेल्जियमले नवप्रवेशी पानामालाई हरायो, लुकाकुको २ गोल

रूस – रोमेलु लुकाकुले २ तथा द्रिइस मार्टिन्सले १ गोल गरेपछि विश्वकप फुटबलमा नवप्रवेशी पानामालाई बेल्जियमले ३–० ले पराजित गरेको छ।
फिस्ट ओलम्पिक रंगशाला सोचीमा सोमबार सम्पन्न समूह ‘जी’ को दोस्रो खेलमा विश्वकपमा पहिलो पल्ट सहभागिता जनाएको पानामालाई बलियो बेल्जियमले हराएको हो।
पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेपनि दोस्रो हाफमा भने बेल्जियमले ३ गोल गरेको हो। बेल्जियको जितमा खेलको ४७ औं मिनेटमा मार्टिन्स र ६९ र ७५ औं मिनेटमा लुकाकुले गोल गरे।

