समाचार

काठमाण्डौंमा यति राम्रो मकै घर, स्वादिलो मकै मम र चटपटे एक पटक खाएपछि फेरी पनि खान जाँउ जाँउ लाग्छ

नयाँ बानेश्वर चोकबाट देवकोटा सडक हुँदै ५ सय मिटर अगाडि बढेपछि भेटिन्छ पञ्चकुमारी मार्ग । चोकैमा छ, सिभिल बैंक । यो मार्गबाट अलिकति भित्र छिरेपछि सडकको दाँयापट्टी छ, पञ्चकुमारी मन्दिर । मनि्दरबाट केही मिनेटमै पुगिन्छ संगमचोक, चोकको देब्रेपट्टी, छ मकैघर । चोकबाटै देखिन्छ, मकैघरको बोर्डसँगै सेतोपाटी । जहाँ लेखिएको छ, हरिया मकैका विभिन्न परिकारको सूची ।

मकै घरभित्र छिरेपछि देखियो कलात्मक कोठा । कतै फालिएको पुरानो साइकल, टेबलको रुपमा सजिएको छ । लहरै राखिएका छन्, मकैको खोस्टाले बुनिएको सुकुल अनि सिलिङमा झुण्ड्याइएको छ लहरै लालि्टन । भित्तामा छन्, मकै पारखीको उत्साहजनक प्रतिकि्रया । विभिन्न परिकारको तयारीमा थिए, मकै घरका दुईजना सदस्य । एउटाले मकै छोडाउँदै अर्कोले मकै मःमको किमा तयार गर्दै, सँगै पाक्दै थियो चिया ।

मकै घरलाई क्यामेरामा कैद गर्दै गर्दा घरमुली विपिन कडेँल आईपुगे । अल्लारे उमेरका हँसीला अनि मेजासिला विपीन पढाई र पेशाका आधारमा मेकानिकल इनि्जनियर हुन् । सोही ज्ञानलाई व्यवहारिक रुप दिन उनले मकै पोल्ने मेशिनको अवधारणा बनाए, परिक्षण गरे अनि प्रयोगमा ल्याए । न मकै ओर्काउने फर्काउने झन्झट न त आगो फुकिरहनु पर्ने चटारो अनि धुवाँको पिरलो । मेशीनमा मकै राखेपछि ५ मिनेटमै १० वटा मकै एकैचोटी पाक्छ । त्यसैले मकै घरमा तयार हुन्छन् मकैका अनेकौं परिकार । यीनै परिकारको लोकपि्रयताले संगमचोकको परिचयलाई मकै घरको रुपमा परिचित गराउन थालिसकेको छ ।

सडकमा मकै पोलिरहेको देख्दा गाउँघरमा हुर्किएको जो कोहीले बाल्यकालमा हरिया मकै पोलेर खाएको सम्झन्छ । त्यही स्वाद र सम्झनालाई पुर्नताजगी गराउन मकैघर संचालनमा आएको हो । पोलेको, भुटेको र उसिनेको मकैको स्वाद त हामीलाई थाहा छँदैछ । तर, मकैघरमा चटपटे र मःमको स्वाद मिश्रीत मकै पनि पाईन्छ । साथमा मिठो मोई र लस्सी । सुरुवाति प्रतिकि्रया सकारात्मक छन् । जसले उनमा हौशला बढीरहेको छ ।

शहरमा गाउँले स्वाद दिन खोजिरहेको छ, मकै घर । २७ वर्षको एक युवाले गर्न खोजेको यो काम आफैँमा उदाहरणीय छ । साथमा फरक स्वरुप दिन पनि उनले अनेक प्रयास गरेका छौं । मकै घर गाउँले खानेकुराको पहिलो पाईला हो । यसलाई हुर्काएर बढाएर विदेशसम्म पुर्याउने विपीनको योजना छ । समस्या भित्र नै हुन्छ सम्भावना र अवसर । सडक छेउमा बसेर, झरीमा भिज्दै मकै पोल्ने र किन्नेको समस्यालाई उनले अवसरमा परिणत गरे । उनी भन्छन्, नेपाल यस्ता अवसरहरुको खानी हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *