समाचार
प्रधानमन्त्री दाहालले राजिनामा नदिने, रास्वपाकाे समर्थन यथावत

१८ असार ,२०८१
काठमाडौ ।राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाडने भएको छ। साेमवार नेपाली काङ्ग्रेस र नेकपा एमाले बीच सरकार निर्माण गर्ने विषयमा सहमति भएपछि माओवादसँगकाे सत्ता गठबन्धन धराप परेको थियो ।
आज बसेकाे रास्वपा केन्द्रीय कमिटीकाे बैठकले निर्णय गर्दै प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको हो । यही सरकारलाई निरन्तरता दिने विषयमा छलफल भएको रास्वपाका एक केन्द्रीय सदस्यले जानकारी दिए।
उता प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने र संबैधानिक प्रकृया अनुसार एक महिना पछिÑ विश्वासकाे मत लिने संकेत रहेको माओवादी निकट श्राेतले बताएको छ। एमाले अध्यक्ष अाेलिले भने आफ्नो दलबाट प्रतिनिधित्व गरेका मन्त्रीलाई फिर्ता गर्ने गरि बालकाेट बाेलाएर छलफल गरिसकेका छन् ।

