समाचार
नोबेलकाे लापरवाहीले रमपमका प्राेडक्सन इन्चार्जकाे मृत्यु, अस्पताल परिसरमा नाराबाजी
विराटनगर : बिरामीको मृत्यु भएपछि विराटनगरको नोबेल अस्पताल तनावग्रस्त भएको छ। शुक्रबार चिप्लिएर देब्रे खुट्टामा चोट लागेपछि उपचारका लागि नोबेल अस्पताल पुगेका दुहबी ५ घर भएका ४० वर्षीय अनिल साहको उपचारको क्रम मा शनिबार मृत्यु भएको थियो । तर, चिकित्सकले आइतबार बिहान ६ बजे मात्र मृत्युबारे आफन्तलाई जानकारी दिएका थिए ।
एसियन थाइ फुडसको प्रडक्सन म्यानेजरको रुपमा काम गर्दै आएका उनलाई डा. अमित अग्रहरी र डा. सन्दिप अधिकारी टिमले उपचार गरेका थिए । यता आफन्तले चिकित्सकका लापरबाहीका कारण मृत्यु भएको भन्दै अस्पताल परिसरमा नाराबाजी गरेका छन् । घरबाट मोटरसाइकल निकाल्ने क्रममा गत बिहीबार साहको घुँडामा चोट लागेको थियो । सोही दिन घुँडामा लागेको चोटको नोबेलमा उपचारपछि घर फर्किएका थिए ।
साह शुक्रबार फलोअपमा नोबेल अस्पताल आएका थिए । हाडजोर्नी तथा नशा रोग विशेषयज्ञ डा. धिरज सिंहले शल्यक्रिया गरिनुपर्ने बताएपछि उनलको टिमले साहको शल्यक्रिया गरेको थियो । ‘डा. सिंहले घुँडामा लागेको चोट बढदै गएकोले शल्यक्रिया गरिनुपर्ने बताएका थिए । शनिबार शल्यक्रिया भयो । त्यसदिन आफन्त लाई भेटन दिइएन,’ ‘मृतकका भाई प्रदिप साहले भने, ‘आइतबार विहान त मृत्यु भइसकेको जानकारी दिइयो ।
यस्तो खबर सुन्दा हाम्रो होस उड्यो । एक छिन अगाडी घरबाट मोटरसाइकल चलाएर आएको मान्छे, अहिले चिकित्सवले मृतक घोषणा ग¥यो । खुटाको उपचार गर्दा मान्छे कसरी मृत्यु भयो ? त्यो पनि विहान मृत्यु भएको रहेछ । हामीलाई आइतबार ९ बजे मात्र जानकारी दिइयो ।’ उपचारमा लापारबाही गर्ने चिकित्सवलाई कडा कारवाहीको माग पीडित पक्षले राखेको छ ।
प्रतिक्रिया दिनुहोस्

