समाचार

लोकसेवाको विज्ञापन फिर्ता नलिए ‘गुठी विधेयक’ भन्दा ठूलाे आन्दोलन गर्न चेतवानी

काठमाडौं । समावेशी सिद्धान्त विपरीत लोकसेवा आयोगले विज्ञापन खुलाएको भन्दै आरक्षण बचाऔं आन्दोलनले कामठाडौंमा विशाल प्रदर्शन गरेको छ। संविधानको मर्म र भावाना विपरित समावेशी सिद्धान्त अबलम्बन नगरि खुलाएको विज्ञापन तत्काल खारेज गर्न माग गर्दै मंगलबार विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरुले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगका प्रमुख आयुक्तमा उमेश मैनालीको राजिनामा समेत माग गरेका छन् । संविधान अनुसार लोक सेवाले विज्ञापन सच्चाएर समावेशी विज्ञापन जारी नगरेसम्म आफूहरुको आन्दोलन नरोकिने आन्दोलनले बताएको छ । यदि अटेर गरी परीक्षा सञ्चालन गरे परीक्षा केन्द्रमा प्रदर्शन गर्ने र प्रश्नपत्र च्यात्नेसम्म उनीहरुले धम्की दिएका छन् ।

विरोध प्रदर्शन नेपाल आदिवासी जनजाति महासङ्घको संयोजन तथा जनजातीय सङ्गठनको आह्वानमा सडकमा उत्रिएको महासङ्घ अध्यक्ष जगतबहादुर बरामले बताए । उनले भने,‘संविधानलाई कुल्चिने काम भएकोले बाध्यात्मक आन्दोलनमा उत्रिनु पर्योे, राज्य सरकार ले सुनुवाइ नगरेसम्म आन्दोलन जारी रहन्छ ।’ उनले राज्यले शासकीय चिन्तन बोकेका मानिसहरूले गर्दा सडकमा आफ्नो शक्ति प्रदर्शन गराउनका लागि बाध्य बनाएको पनि बताए ।

विरोध प्रदर्शनमा गुठी विधेयक पनि फिर्ता लिन माग गर्दै सरकार विरुद्ध चर्का नाराबाजी गरिएको थियो। आयोगले स्थानीय तहका लागि जेठ १५ गते कर्मचारी पदपूर्तिको विज्ञापन गरेको थियो । उक्त विज्ञापनमा संविधान अनुसार आरक्षणको व्यवस्था नगरिएको भन्दै सर्वोच्चमा समेत रीट दायर भएको छ । सर्वोच्चमा मुद्दा विचाराधीन रहेको अवस्थामा सडक प्रदर्शन पनि भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *