समाचार

Breaking News : दाङमा सवारी दुर्घटना हुँदा २ को मृत्यु, पाँच घाईते

शरद रेग्मी : दाङ १५ फागुन । दाङमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ , भने ५ जना घाईते भएका छन् ।

दाङको दुधरासबाट छिल्लिकोट तर्फ जाँदै गरेको लु १ च ५९१२ नम्बरको पिकअप भ्यान बुधबार तुलसीपुर १९ बाहिरी संक्राममा दुर्घटना हुँदा सवारी चालक दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ बाँसगडीका ३५ बर्षीय लालबहादुर रावत र तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ छिल्लिकोटका ५५ बर्षीय अमरबहादुर वलीको घटना स्थलमै मृत्यु भएको हो ।

बुधबार साझ भएको दुर्घटनामा परि तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ छिल्लिकोटका १६ बर्षीय लिला बहादुर खड्का, तुलसीपुर १९ का छिल्लीकोटका ४४ बर्षीया कर्णबहादुर खड्का, घोराही उपमहनरपालिका १५ रतनपुरका २२ बर्षीया सपना वली सेन ठकुरी र उनका दुईवटा १ र ४ बर्षीय छोराहरु घाईते भएका हुन् ।

घाईतेमध्ये लिलाबहादुर खड्काको अबस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्ष रामप्रसाद घर्तीले जानकारी दिए । घाईतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपरमा उपचार भईरहेको छ ।

गाडिमा दशजना सवार रहेपनि अन्य तीनजनाको अबस्था भने सामान्य रहेको छ । प्रहरी नायब उपरीक्षक घर्तीका अनुसार गाडि सडकबाट एकसय मिटर तल खसेको छ । बाटो चिप्लो भएका कारण दुर्घटना भएको हुन सक्ने उनले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *