समाचार
जेलबाट छुटेर लुटपाटको योजना
काठमाडौं, ३० असार । “मेड इन इटाली” लेखिएको स्वचालित पेस्तोलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गोंगबु नयाँ बसपार्कस्थित नेपाल तारा गेष्टहाउसबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु सबे जेलमा बस्दा संगठित भई छुटेपछि लुटपाटको योजनामा संलग्न थिए ।
पक्राउ पर्नेहरुमा काठमाडौं टोखा बस्ने झापा गारामुनि गाउँपालिका-७ घर भएका ३६ वर्षीय सबिन खबास, नुवाकोट लिखु गाउँपालिका-४ घर भएका ३७ वर्षीय राम कुमार राई र सोही ठाउँ घर भएका २७ वर्षीय प्रितम राई रहेका छन् ।



