समाचार
आँखै अगाडी हेर्दा हेर्दै एक महिलाले भर्खर नारायणी नदीमा यसरी हाम फालीन
भर्खरै चितवनको नारायणी नदीमा एक महिला हाम फालेको अबस्थामा उद्धार गरिएको छ।स्थानीय डुंगा चालकले ५० बर्षीय मधुकला खनाललाइ उद्धार गरेका हुन्।केहि समय देखि डिप्रेशनको औसधि खादै गरेको मधुकला आज दिउँसो साढे २ बजे तिर उक्त नारायणी पुलबाट हाम फ्यालेकी थिइन उनलाई स्थानीयहरूलेनै बचाएका हुन्।
लालीगुराँस डटकम संग कुराकानीको क्रममा वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी जवान रुद्र बहादुर खुलाल मगरका अनुसार उक्त महिलाले अहिले सम्म केहि न खुलाए पनि उनको आफन्त र परिवारहरु कार्यालयमाइ आइरहेको र मधुकलालाइ पनि वडा प्रहरी कार्यालयमै राखिएको जानकारी आएको छ।मधुकलाको श्रीमान भने काठमान्डौमा बस्छन।उनि के कारणले हाम फ्यालेको हो भन्ने आधिकारिक जानकारी अहिले सम्म बाहिर आएको छैन।


