समाचार

चलचित्र ‘कबड्डी ३’ को गीत रिलिज भएको १ दिन नबित्दै लाग्यो चोरीको आरोप

काठमाडौ । सोमबार मात्र सार्वजनिक भएको चलचित्र कबड्डी ३’ को दूबो फुल्यो’ बोलको गीतलाई चोरीको आरोप लागेको छ । पछिल्लो समय सांगीतिक क्षेत्रमा एकपछि अर्को गीतहरु चोरी भएको भनेर कलाकारहरुले आवाज उठाइरहेको समयमा सो चलचित्रको दूबो फुल्यो’ बोलको गीत रिलिज भएके २१ घण्टा पनि बित्न नपाउँदै चोरीको आरोप लागेको हो ।

सार्वजनिक भएको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ मा समावेश गरिएको गीत ‘दूबो फुल्यो’ को संगीतलाई चोरीको आरोप लागेको छ । सार्वजनिक भयेसंगे दर्शकहरुले सर्वा्धिक रुचाएको यस गीतलाई कालीप्रसाद बास्कोटा र शर्मिला बर्देवाले आवाज दिएको गीत कहिले फोटो सिरानीमा’ बोलको गीतबाट संगीत चोरी गरिएको आरोप लगाइएको स्रोतको दाबी छ ।

‘दुबो फुल्यो’ बोलको गीतमा गायक हेमन्त राना र गायिका ऋतिका श्रेष्ठले स्वर रहेको छ । उक्त गीतमा संगीत एसडी योगीले भरेका हुन् । उक्त गीतका संगीतकार रहेका आलोकश्रीले संगीत चोरीको आरोप लगाएपछि अहिले सांगीतिक बजारमा फेरी एक पटक यो विषयले ठूलो चर्चा पाइरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *