समाचार
काठमाडौं उपत्यकासहित मध्य तराईमा हावाहुरीसहित वर्षा
काठमाडौं, २७ असार । यसवर्ष असारको अन्तिममा हावाहुरी लागेको छ । काठमाडौं उपत्यकाका अलावा मध्य तराईका केही जिल्लाहरुमा २६ असारको राति हावाहुरीसहित वर्षा भएको छ । मध्यरातिसम्म हावाहुरीसहित वर्षा भयो ।
भारी वर्षा नभएपनि हावाहुरीसहित वर्षा हुँदा मौसम अस्वाभाविक देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकालगायत देशा तराईका भूभागहरुमा हावाहुरीसहित वर्षा हुने अनुमान गरेको थियो ।




