समाचार

शिक्षकको कुटाइबाट विद्यार्थीले संसार छाडेपछाडि ४ शिक्षक प्रहरी नियन्त्रणमा

महेन्द्रनगर-कञ्चनपुरको एक निजी स्कुलका शिक्षकको कुटाइबाट घाइते भएका विद्यार्थीको मृत्यु भएको छ । भीमदत्त नगरपालिका– १७ मझगाउँको महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको मंगलबार राति मृत्यु भएको हो । मृतक विद्यार्थीका आफन्तका अनुसार भारतको राममूर्ती अस्पतालमा उनको मृत्यु भएको हो । मृतक विद्यार्थीका मामा पुष्पमणि जोशीले शिक्षककै कुटाइबाट भाञ्जाको मृत्यु भएको दावी गर्नुभएको छ । उहाँका अनुसार डडेलधुराको उपक्षेत्रीय अस्पताल, महाकाली, सेती, नेपालगञ्जको शिक्षण अस्पताल हुँदै तीन दिनअघि मात्रै कलौनीलाई भारतीय अस्पतालमा उपचारका लागि लगिएको थियो ।

विद्यार्थीको मृत्युपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चार शिक्षकलाई नियन्त्रणमा लिएको छ । कञ्चनपुर प्रहरीका अनुसार प्रिन्सिपल यशोदा जोशी, शिक्षकत्रय दुर्गादत्त पाठक, लक्ष्मण भट्ट र हर्क जाग्रीलाई घटनाबारे सोधपुछका लागि नियन्त्रणमा लिइएको हो । विद्यालयबाहिर साथीभाइसँंग झैझगडा गरेको विषयलाई लिएर विद्यालयका प्रध्यानाध्यापक सहितका शिक्षकले कुटपिट गरेको छात्रको परिवारले बताएको छ ।

कक्षा ९ मा अध्ययनरत कलौनीलाई १३ असार ९शुक्रबार० विद्यालयमै कुटपिट गरेको उनका बाबु वृहस्पति कलौनीले बताउनुभयो । मृतक कलौनीका बाबुले प्रधानाध्यापकसहितका शिक्षकको कुटपिटबाट कलौनीको टाउको, छातीमा चोट र दायाँ खुट्टा भाँचिएको यसअघि नै जानकारी गराउनुभएको थियो । यो समाचार नेपाल समाचारपत्र राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित छ। समाचार मनोज भट्टले लेखेका हुन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *