समाचार
मुस्लिमहरुको पवित्र महिना रमादानमा विकिनी लगाएर अश्लिलता फैलाएको भन्दै यि सुन्दरी तानिइन् विबादमा
एजेन्सी । मोडल तथा कलाकार मन्दना कारिमीको किनी अवतारले यतिबेला भाइरल रुप धारण गरिरहेको छ । लोकप्रिय टेलिभिजन कार्यक्रम बिग बोसको सिजन ९ की एक प्रतिस्पर्धी इरानी मूलकी मोडल कारिमीले ‘भाग जोनी’ नामक ठूलो पर्दाको सिनेमामा पनि अभिनय गरेर चर्चा कमाएसँगै उनले मिडियामा राम्रो स्थान पाउन सुरु गरेकी थिइन् ।
यसैबिच उनले हालै गुलावी र निलो रङ्को विकिनीमा एउटा भिडियो सुट गरेर पोस्ट गरिन् । त्यसपछि उनका फ्यानहरुले नै उनीमाथि निर्ममतापूर्वक शाब्दिक आक्रमण गरे । मुस्लिमहरुको पवित्र महिना रमादानका बेला यस्तो हर्कत गरेको भन्दै उनको पछिल्लो कामले अहिले विबादित रुप लिइरहेको छ । जुन तस्विरमा भद्धा कमेन्टहरु पनि आइरहेका छन् ।

