समाचार
शारदा नहरमा बस खस्दा डुबेका ३२ नेपाली यात्रुको यसरी गरियो उद्धार
काठमाडौँ- उत्तरप्रदेशको शारदा नहरमा बस खस्दा डुबेका ३२ नेपालीको उद्धार गरिएको छ । सिमलाबाट नेपालतर्फ गइरहेको उक्त बस नहरमा खस्दा डुबेका ३२ जना नेपालीको उद्धार गरिएको हो ।
उत्तर प्रदेशको कोतवाली क्षेत्रस्थित शारदा नहरमा बस खसेको थियो । केही यात्रुलाई सामान्य चोट लागेको समाचारमा जनाइएको छ । भारतिय मिडियाका अनुसार अर्को यात्रु बसबाट सबै यात्रुलाई उपचारपछि नेपाल पठाइएको बताइएको छ ।
