समाचार

‘विष्णु पाैडेलले गर्दा रुपन्देही-२ काे मतदाता र बासिन्दा हुँ भन्नसमेत लाज लाग्न थाल्याे ‘

रुपन्देही जिल्लाको क्षेत्र नम्बर २ का जनतालाई लज्जित गराएको भन्दै विपक्षी नेपाली कांग्रेसका प्रत्याशीहरुले नेकपाका महासचिव तथा संघीय सांसद विष्णुप्रसाद पौडेलले राजीनामा दिनुपर्ने माग गरेका छन ।रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका प्रत्याशी युवराज गिरी, प्रदेश सभाका प्रत्याशीहरु काजिमान श्रेष्ठ र महेशमान सिह,तिलोत्तमा नगरपालिकाका प्रमुखका प्रत्याशी रामकृष्ण खाँण, बुटवल उपमहानगरका खेलराज पाण्डे र सैनामैना नगरपालिकाका फणिन्द्र शर्माले आज बुटवलमा संयुक्त पत्रकार सम्मेलन गर्दै बालुवाटारमा रहेको ललिता निवास प्रकरणमा मुछिएपछि पौडेलले नैतिक जिम्मेवारी लिँदै पदीय जिम्मेवारी छोडेर छानबिनमा सहयोग गर्न माग गरेका छन् ।

पौडेलका कारण ‘रुपन्देही क्षेत्र नम्बर २ को मतदाता र बासिन्दा हुँ’ भन्न समेत लज्जाबोध भइरहेको भन्दै कांग्रेसका प्रत्याशीहरुले बालुवाटार जग्गा प्रकरणको निष्पक्ष छानबिन गर्नुको साटो सरकारले पौडेललाई उन्मुक्ति दिन लागि परेको बताए । सुकुम्बासी र भूमिहीनहरुलाई लालपुर्जा दिन्छु भनेर चुनाव जितेका पौडेल आफै सरकारी जग्गा हडप्न तल्लीन रहँदा रुपन्देही क्षेत्र नम्बर २ का जनताको शिर निहुरिएको उनीहरुले बताए ।कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका प्रत्याशी युवराज गिरीले बालुवाटार जग्गा प्रकरणमा आफनै पार्टी सभापति शेरबहादुर देउवा नै दोषी देखिए पनि कारबाही हुनुपर्ने भन्दै देउवालाई देखाएर पौडेललाई उन्मुक्ति दिन भने कांग्रेसले नदिने बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *