समाचार
कोशी नदीमा पानीकोबहाव बढेपछि स्थानिय चिन्तित, यस वर्षको सबैभन्दा बढी पानीको वहाव भएपछि सर्तक रहन आग्रह
सप्तरी- लगातारको वर्षा पछि कोशी नदीमा पानीकोबहाव बढेको छ । बहाब बढेसँगै सजग रहन आग्रह गरिउको छ । कोशी नदीमा दिन प्रति दिन पानीको चाप बढेपछि कोशी क्षेत्रका स्थानीय रातभर चिन्ताले निदाउन सकेका छैनन् ।
कोशीको पानीले एक लाख ५० हजार क्यूसेक वहाव पार गरेको छ ।विहीबार यस वर्षको सबैभन्दा बढी पानीको वहाव भएको बताइएको छ । कोशी व्यारेजका कर्मचारी अनुसार बिहान कूल एक लाख ५० हजार ३३५ क्यूसेक पानी ढोकाबाट वहाव गरिएको छ ।
कोशी नदीमा पानीको चाप बढेपछि सप्तरीसहित भारतका गाउँ डुवानको खतरा बढेको छ । बहाव बढदा पूर्व र पश्चिमी तटबंधमा सुरक्षा बढाएको छ ।
