समाचार

चार दिनसम्म देशभर भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविदको आग्रह

मनसुन सक्रिय भएसँगै आगामी चार दिनसम्म देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।भारतमा रहेको न्यून चापीय रेखा (पानी पर्ने प्रणाली) उत्तर नेपालतर्फ सर्दै गएकाले नेपालमा मनसुनी गतिविधि सक्रिय भएको महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । उक्त न्यून चापीय प्रणाली चार÷पाँच दिनसम्म रहन सक्ने र त्यसपछि दक्षिणतिर सर्ने भएकाले नेपालमा भन्दा भारतमा वर्षा बढी हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबारदेखि देशभर मनसुन सक्रिय भएकाले बाढीपहिरो जान सक्ने हुँदा सतर्कता अपनाउन मौसम विद्हरूले आग्रह गरेका छन् । आज देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी क्षेत्रमा बहने साना नदी, सुदूरपश्चिम, गण्डकी प्रदेशको १, २ र ३ का नदी र चुरेबाट बहने केही ससाना नदीमा समेत आकस्मिक बहाब हुने सम्भावना रहेकाले सतर्कता अपाउन पनि भनिएको छ । मङ्लबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरैजसो भागमा वर्षाको सम्भावना रहेको बताइएको छ । बुधबार देशको अधिकांश स्थानमा बदली हुनाका साथै मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *