समाचार
मकै बेच्ने आमाले यसरी जोडिन् काठमाडौंमा घर, घर बनाएको देखेर छिमेकी चकित
हामी जिन्दगीमा केही गर्न सकिएन भनेर निरास हुन्छौ । हामी साना कुरामा ध्यान नै दिदैनौ तर तिनै साना सना कुरामा पनि जीवन दर्शन र जीबिकोपर्जन गर्ने आधार हामीले नदेख्दा हामी भौतारिरहेको हुन्छौ । तर एक बुढी आमाले ६१ बर्षको उमेरमा पनि मकै बेचेर एक घर जोडेकी छिन् । उनको नामा हो अम्बिका न्यौपाने ।
उनि काठमाण्डौको पेप्सीकोलामा ठेलामा मकै पोल्छिन् । दैनिक जसो उनि त्यहि ठाउँमा छिन बिगत १९ बर्ष देखि मकै पोल्दै आएकी आमाले मकै पोलेरनै काठमाण्डौमा घर बनाएकी छिन् । छोरी ज्वाई संगै बस्ने आमाको कथा सुन्दा कहालीलाग्दो छ । उनलाई छोराले यो को हो चिन्दिन समेत भने भनि एता श्रीमानले नराम्रीलाइ के पाल्नु भनेर छाडे ।

