समाचार

सुनको मूल्य यो वर्षकै महँगो, तोलाको कति ?

काठमाडौं– आइतवार नेपाली बजारमा सुन प्रति तोला ६१ हजार ५ सयले कारोबार भइरहेको छ ।
सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजाबी सुन भने ६१ हजार २ सयले कारोवार भइरहेको छ । आइतवार चाँदी ७ सय १० रुपैयाँले कारोबार भईरहेको महासंघले जनाएको छ । जेठ महिनामा छापावाल सुन अधिकत्तम ६१ हजार ५ सयमा कारोवार भएको छ भने न्युनत्तम ५९ हजार २ सयमा कारोवार भएको छ । आइतवार सुनको मुल्य यस बर्षकै सवैभन्दा उच्च रहेको महासंघको तथ्याङकले देखाएको छ । वैशाखमा पनि छापावाल सुन अधिकत्तम ६१ हजारले मात्र कारोवार भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *