समाचार

सत्र वर्षदेखी फरार अभियुक्त लुकिछिपी बसेको अवस्थामा पक्राउ

सत्र वर्षपछि फरार अभियुक्त पक्राउ परेका छन् । आगजनी मुद्दामा जिल्ला अदालतबाट तीन वर्ष चार महीना १८ दिन कैद सजाय पाएका भोजपुर नगरपालिका–३ का ३९ वर्षीय कृष्णबहादुर चौहानलाई प्रहरीले पक्राउ गरेको हो ।

चौहानलाई सुनसरी प्रहरीले इटहरी उपमहानगरपालिका–२ हलगाडामा लुकिछिपी बसेको अवस्थामा प्रक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार उनलाई आज कारागार चलान गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *