खेलकुद

बंगलादेशलाई २८ रनले पराजित गर्दै भारत पुग्यो सेमिफाइनल

भारतले एक दिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ ।मंगलबार बर्मिङ्घममा भएको खेलमा बंगलादेशलाई २८ रनले पराजित गर्दै विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्न सफल भएको हो ।उसका लागि शकिब अल हसनले ६६, मोहम्मद सैफुद्दिनले ५१, सबिर रहमानले ३६, सौम्य सरकारले ३३, मुस्फिकर रहिमले २४, लिटोन दास र तमिम इक्बालले समान २२–२२ रन बनाए । भारतका जसप्रीत बुमराहले चार तथा हार्दिक पाण्डेयले तीन विकेट लिएका थिए ।

पहिले ब्याटिङ्ग गरेको भारतले रोहित शर्माको शतकीय पारीको सहयोगमा ९ विकेटको क्षतिमा ३१४ रन बनायो । शर्माले ९२ बलमा सात चौका र पाँच छक्काको सहयोगमा १०४ रन बनाए । यस्तै सुरुवाती ब्याट्सम्यान केएल राहुलले ७७ रनको योगदान दिए ।

भारतका लागि ऋषभ पन्तले ४८, कप्तान कोहलीले २६ तथा महेन्द्र सिंह धोनीले ३५ रनको योगदान दिए । बंगलादेशका मुस्ताफिजुर रहमानले पाँच विकेट लिए । जितपछि दोस्रो स्थानको भारतको ८ खेलबाट १३ अंक भएको छ ।
बंगलादेश पराजित हुँदा पाँचौँ स्थानको पाकिस्तानको सम्भावना भने कायम रहेको छ । ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *