खेलकुद

ला लिगा खेलमा रियल म्याड्रिडलाई सेभिल्लाले चखायो जारी सिजनको पहिलो हार

काठमाडौं, ११ असोज । बुधबार राति भएको ला लिगा खेलमा रियल म्याड्रिडलाई सेभिल्लाले जारी सिजनको पहिलो हार चखाइदिएको छ। उसले मड्रिडलाई ३–० को फराकिलो हार चखाएको हो।

सेभिल्लाले रियल विरूद्ध पहिलो होल १७ औं मिनेटमा गर्‍यो भने दोश्रो गोल २१ औं मिनेटमा गर्‍यो। दुबै गोल आन्द्रे सिल्भाले गरेका हुन्।

रियलले तेश्रो गोल पनि पहिलो हाफमा नै खायो। सो गोल ३९ औं मिनेटमा बेन यड्डरले गरेका थिए। हिजोको खेलमा रियलका थुप्रै प्रयासहरू असफल भए। उसले कुल २१ प्रहार गरे पनि गोल गर्न सकेन।

रियलका लागि पहिलो हाप यस वर्ष फिफाको वर्ष खेलडी बनेका लुका मोड्रिकले गोल गरेको भए पनि खेलको दोश्रो हाफ सो गोललाई रद्द गरियो। भिएआरमा उनी अफसाइड देखिएका थिए।

यस्तै राति नै सम्पन्न  भिल्लारियल र एथ्लेटिको बिल्बाओबीचको खेल ३–० मा टुङ्गियो भने भ्यालेन्सिया र सेल्टा डी भिगोले १–१ को बराबरी खेल्दै अंक बाँडे । एजेन्सीको सहयोगमा 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *