समाचार

काठमाडौँमा स्कुल बसको ठक्करबाट ३ वर्षीय सुदिप्तीको ज्यान गयो , विद्यालय तनावग्रस्त

काठमाडौँ – राजधानीको बुढानिलकण्ठमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ वर्षीय सुदिप्ती परियार रहेकी छन् ।मंगलबार बिहान नवज्ञानभूमि स्कुलको बसले परियारलाई ठक्कर दिएको हो ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका सुदिप्तीको उपचारका क्रममा बाँसबारीस्थित न्युरो अस्पतालमा निधन भएको हो । घटनापछि फरार भएका बसका चालकको खोजि कार्य भइरहेको छ ।

स्कुल बसको ठक्करबाट ज्यान गएपछि बालकका आफन्तले स्कुल परिसरमा प्रदर्शन गरिरहेको बताइएको छ ।बस भने प्रहरीले नियन्त्रणमा लिएर यसबारे थप अनुसन्धान अघि बढाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *