समाचार

कीर्तिपुरमा पनि १३ वर्षीया बालिकामाथि सिरिन्ज आक्रमण

काठमाडौँ – बिहीबार साँझ कीर्तिपुरमा एकजना किशोरीमाथि सिरिन्ज आक्रमण भएको छ।आफ्नै घर नजिक हिँडिरहेको अवस्थामा किशोरीमाथि अपरिचित व्यक्तिले सिरिन्जजस्तो धारिलो वस्तुले आक्रमण गरेपछि उनी उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिक तथा सरुवा रोग अस्पताल पुगेकी हुन् ।

आफूलाई सिरिन्जजस्तो धारिलो वस्तुले आक्रमण गरेको भन्दै १३ वर्षीय बालिका उपचारका लागि आएको र उनको घाउ हेर्दा अन्य कुनै वस्तु नभई सुईले नै घोपेको जस्तो देखिएको बताइएको छ । बिहिबार रातिमात्र प्रहरीले सिरिन्ज आक्रमणमा संलग्न भएको आरोपमा रामेछाप घर भइ हाल काठमाडौँमा रेष्टुरेन्ट चलाएर बसेका ३० वर्षीय सन्तोष कार्कीलाई पक्राउ गरि शुक्रबार सार्वजनिक गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *