समाचार

न्यायलयमा हस्तक्षेप अस्विकार्य : प्रधानन्यायाधीश

काठमाडौं, २६ बैशाख । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले न्यायालयमाथिको हस्तक्षेप कुनैपनि हालतमा स्विकार्य नहुने स्पष्ट पारेका छन् । कानून दिवसको अवसरमा आज रामशाहपथस्थित् सर्वोच्च अदालत परिसरमा आयोजित विशेष समारोहमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रधानन्यायाधीश राणाले यस्तो बताएका हुन् ।

उनले जनआस्थामा आधारित न्याय पद्धतिको स्थापना र विकास गर्न आजको दिनले थप हौसला प्रदान गर्ने विश्वाससमेत व्यक्त गरेका छन् ।
त्यस्तै, आज विहानमात्रै राणाले एक शुभकामना सन्देश जारी गर्दै भनेका छन्,‘स्वतन्त्र न्यायपालिका, विधिको शासन, संवैधानिक सर्वोच्चता एवम् लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिबद्ध रहँदै निष्पक्ष र सक्षम न्यायपालिकाको प्रवर्द्धन र सहज पहुँचयुक्त एवम् जनआस्थामा आधारित न्याय पद्धतिको स्थापना र विकास गर्न आजको दिनले थप हौसला प्रदान गर्ने विश्वास समेत लिएको छु ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *