समाचार
भरतपुर महानगरपालिकाद्वारा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि साढे ६ करोड बिनियोजन
गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले ६ करोड ४५ लाख रुपैयाँ छुट्याएको छ ।मंगलबार सार्वजनिक बजेटमा रंगशालाका लागि महानगरको तर्फबाट चार करोड र प्रत्येक वडाबाट पाँचरपाँच लाख गरी ६ करोड ४५ लाख बजेट विनियोजन गरिएको हो ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पैसा अभावका कारण रंगशाला निर्माण नरोकिने बताएका छन् ।संघीय सरकारको नीति तथा कार्यक्रम र बजेटमा निजी क्षेत्रले निर्माण अघि बढाएका रंगशालालाई प्रोत्साहन गर्ने उल्लेख गरिएको र त्यो पुरा भएको उनले बताए ।


