समाचार

गर्मीका कारण सर्लाहीमा एकको मृत्यु

सर्लाही / सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२, ब्रह्मपुरी गाउँका २४ वर्षीय सदाम साह फकिरको अत्यधिक गर्मीका कारण मृत्यु भएको छ । मङ्गलबार राती मलङ्गवाबाट साइकलमा ससुरालीतर्फ जाँदै गरेका साह जिल्लाको पर्सा गाउँपालिका–३, नारायणपुर गाउँमा बेहोस भइ ढल्नु भएको थियो । तत्कालै उपचारका लागि जिल्ला अस्पताल मलङ्गवा पु¥याए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । सर्लाहीसहित तराई मधेसका जिल्लामा दिनानुदिन बढ्दो गर्मीले जनजीवन प्रभावित बनिरहेको छ । चर्को घाम र तातो हावाले मानिसलाई घर बाहिर निस्कनै मुस्किल पर्न थालेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *