समाचार

स्वास्थानी व्रत कथा आजबाट सुरु,सालिनदीमा एक महिना मेला लाग्ने

माघ ११ बिहिवार ,२०८०
काठमाडौ ।  आजदेखि श्री स्वास्थानी व्रत कथा सुरु भएको छ ।पौष शुक्ल पुर्णिामा देखि सुरु हुने याे कथा माघ शुक्ल पूर्णिमासम्मको एक महिना चल्छ। यो  अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ।

हिन्दु धर्मावलम्बीहरुले एक महिना सम्म घर घरमा पुजा आरधना गरि व्रत उपासना गर्ने गर्छन् । नेपालका विभिन्न स्थानमा सतीदेवीको अङ्ग पतन भएको र त्यहीं  देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको मानिन्छ ।

आजदेखि वैदिक सनातन धर्मावलम्बीले घर घरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरू गरेर यी देवीदेवताको पूजा आराधना सुरू गर्दै छन्।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात् हुन्छ। बिहान माघ स्नान गरी मध्यान्हकालमा महादेवको पूजा गरिन्छ। बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने, सुनाउने परम्परा छ। कुल परम्परा अनुसार कथावाचन भने कसैले बिहान त कसैले बेलुकी गर्छन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *