समाचार

वीरगञ्जको तापक्रम ४४ डिग्री, पुग्यो तातो हावाकै कारण एकाएक ढल्न थाले बालबालिका

विगत एक महिनादेखि लगातार बढेको गर्मी र तातो हावा ‘लू’ले वीरगजञ्जका बालबालिकालाई सर्वाधिक असर पारेको छ।कति बालबालिका हिँड्दाहिँड्दै ढलेका छन्। सिंगै जनजीवन कष्टकर बनेको छ। यो खबर आजको समाचारपत्र दैनिकले छापेको छ।

पर्सा जिल्लाका अधिकांश सर्वसाधारणमा गर्मीजन्य स्वास्थ्य समस्या यत्रतत्र देखिन्छ। वीरगन्जको नारायणी अस्पतालको तथ्यांकअनुसार विगतको तुलनामा यस वर्ष ५० प्रतिशत बिरामीको चाप बढेको छ।अस्पतालमा आउने बिरामीमा टाइफाइड, झाडापखाला, भाइरल फ्लु, पेटको दुखाइ, रुघाखोकी, वान्ता हुने, जन्डिस, हेपाटाइटिस ए, आँखा सुक्खा हुने, आँखा चिलाउने, छालामा धागोजस्तो चिरा पर्ने, एलर्जी, आँखाको सङ्क्रमण देखापरेको बालविशेषज्ञ डा। श्यामबाबु साहले जानकारी दिए।

एक–दुई महिनायता गर्मी बढेसँगै बिरामीको संख्या बढ्दै गएको छ, गत चैतमा ५० देखि ७० जना उपचार गराउन आउनेको संख्यामा वृद्धिसँगै अहिले १ सय ३० देखि १ सय ५० जना बिरामी उपचारका लागि आउने गरेको चिकित्सक साहले बताए।तर, अस्पतालका दुई जना चिकित्सक डा। अतुलेश चौरसिया र डा। अनु अग्रवाल बिदामा भएका कारण दैनिक १ सय ५० भन्दा बढी बिरामी फिर्ता हुने गरेका छन्।

तापक्रम विगत ३ सातादेखि ४१ देखि ४४ डिग्री सेल्सियसको आसपासमा छ। यद्यपि आइतबार हल्का वर्षा भएका कारण केही राहत महशुस भएको छ।पानीको सतह सुक्दै गएपछि खानेपानी र उपकरण बिग्रिरहँदा विद्युत् आपूर्तिमा समस्या छ। काँक्रो, तरबुजा, खरबुजा, लस्सी, आइसक्रिम, कुल्फीलगायतका चिसो तथा पेय पदार्थको अत्यधिक उपभोग भई आपूर्तिमा समस्या आएको छ।अत्यधिक गर्मी बढेको बेला नै नेपाल विद्युत् प्राधिकरणले पटक–पटक लाइन काटिदिने गरेका कारण नगरबासी झन् आजित बनेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *