समाचार

सभापति गगन थापाको सिमरा आगमनमा कार्यकर्ताको उत्साहपूर्ण भीड

माघ १२ साेमबार २०८२
काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति गगन थापा सिमरा पुग्दा कार्यकर्ताको उल्लेख्य भीड देखिएको छ। सभापति थापा आज जहाजमार्फत सिमरा विमानस्थलमा अवतरण गर्नुभएका हुन्। उहाँको आगमनसँगै विमानस्थल परिसरमा काङ्ग्रेस कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।
विमानस्थल अगाडि भेला भएका कार्यकर्ताको भीड थामिनसक्नु अवस्थामा पुगेको थियो। पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूले सभापति थापालाई दुवोको माला लगाएर भव्य स्वागत गरेका थिए। स्वागतका क्रममा नाराबाजी, ताली र उत्साहपूर्ण माहोलले सिमरा विमानस्थल क्षेत्र नै काङ्ग्रेसमय बनेको थियो।
तस्बिरहरूमा सभापति थापा कार्यकर्ताबीच मुस्कानसहित अभिवादन गर्दै अगाडि बढिरहेको देख्न सकिन्छ। उहाँले कार्यकर्ताको उत्साहलाई हात हल्लाउँदै र अभिवादन स्वीकार गर्दै धन्यवाद व्यक्त गर्नुभएको थियो। पार्टीभित्र नयाँ नेतृत्व र परिवर्तनको आशा बोकेका कार्यकर्तामा सभापति थापाप्रति देखिएको आकर्षण र भरोसा स्पष्ट देखिन्थ्यो।
सभापति थापाको सिमरा आगमनलाई आगामी राजनीतिक गतिविधि र संगठन सुदृढीकरणका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ। काङ्ग्रेस स्रोतका अनुसार उहाँको यस भ्रमणका क्रममा स्थानीय नेताहरूसँग भेटघाट, संगठनात्मक छलफल तथा कार्यकर्ता भेला गर्ने कार्यक्रम रहेको छ।
सभापति थापाको उपस्थितिले स्थानीय कार्यकर्तामा थप ऊर्जा र उत्साह थपिएको उनीहरूको प्रतिक्रिया छ। “गगन थापाको नेतृत्वमा पार्टी नयाँ दिशातर्फ अघि बढ्ने आशा छ,” स्वागतमा सहभागी एक कार्यकर्ताले बताए।
सभापति थापाको सिमरा आगमनसँगै नेपाली काङ्ग्रेसको गतिविधि यस क्षेत्रमा थप सक्रिय हुने संकेत देखिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *