समाचार
यस्तो छ आजको सुनको मूल्य, किन्ने होइन ?
काठमाडौँ- आज साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ । शुक्रबार तोलामा १ हजार रुपैयाले बढेको सुनको मुल्य आज स्थिर रहेको नेपाल सुनचाँदी व्यबसायी महास.घले जनाएको छ ।
शुक्रबार प्रतितोला ६५ हजार रुपैयामा कायम रहेको छापावाला सुनको मुल्य आज पनि सोहि मुल्य ९६५ हजार० मा किनबेच भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
साथै आज तेजावी सुनको मुल्य प्रतितोला ६४ हजार ७ सय रुपैयामा किनबेच भइरहेको छ ।थै आज तेजावी सुनको मुल्य प्रतितोला ६४ हजार ७ सय रुपैयामा किनबेच भइरहेको छ । सुनको मुल्य लगातार बढ्न लागेपछि सुन बेच्ने ग्राहकहरुको संख्या बढेको महासंघले जनाएको छ ।त्यस्तै आज चाँदीको मुल्य पनि स्थिर रहेको छ । आज चाँदीको मुल्य प्रतितोला ७ सय ४० रुपैयामा कायम रहेको महासंघले जनाएको छ ।


