समाचार
धुलिखेल नगर सभामा समीक्षा सहित निति तथा कार्यक्रम प्रस्तुत

ध्रुर्ब कुमार रायमाझी
असार ५ ,बिहीबार ,२०८२
काभ्रेपलान्चोक । धुलिखेल नगरपालिकाले सत्रौं नगर सभा ( बजेट अधिवेशन) मार्फत गत आर्थिक वर्ष २०८१/८२काे नीति तथा कार्यक्रम, याेजना तथा बजेट र खर्चकाे सम्बन्धमा तयार गरिएको प्रगति समीक्षा प्रस्तुत गरिएको छ ।
आज धुलिखेल नगरपालिकाकाे सभाकक्षमा मेयर अशाेक कुमार बेञ्जुकाे अध्यक्षतामा भएको नगर सभामा नगरका उप-प्रमुख निराजन जङ्गमले वार्षिक नीति तथा कार्यक्रम र प्रगती समीक्षा प्रस्तुत गर्नुभएको हो । हो ।
सभामा प्रस्तुत प्रतिवेदले चालू आर्थिक वर्ष ०८१/८२ मा बियोजित रकम ९० करोड ९५ लाख भएकोमा जेठ मसान्तसम्म ५२ करोड ५४ लाख खर्च भएको देखाईएको छ । जसमा चालू क्गर्छ मात्रै ४० करोड ५२ लाख ९ रूपैयाँ भएको छ । नगरको पूँजिगत खर्चतर्फ १२ करोड १ लाख ९५ हजार भएको छ । यो कुल बजेट्को ५८% बित्तीय प्रगती हो ।
नगरले आर्थिक वर्ष ०८१/८२ मा ८६ करोड ३४ लाख १२ हजार आम्दानी गरेको प्रतिबेदनमा उल्लेख छ । नगरले धुलिखेललाई स्वस्थ शहरको रूपमा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल हुनुलाई महत्वपूर्ण उपलब्धी हाँसिल गरेको मानेको छ । नगरलाई प्रदिधीमैत्री बनाई शिक्षाको क्षेत्रमा स्नातक तहसम्म नि:शुल्क अध्ययनको ब्यबस्था गरेको छ ।
धुलिखेलमा प्रधानमन्त्री रोजगार र मेयर गरिबी निवारण कार्यक्रममार्फत विभिन्न कार्यक्रम सञ्चालन हुनुकासाथै लघुउद्धम विकासले रोजगार प्रवर्द्धनमा सघाएको छ ।कृषिमा माहुरी, बेमौसमी तरकारी, सुन्तला पकेट क्षेत्र,उन्नत बीउ बिजन प्रयोग, माटोपरीक्षणलाई उच्छ प्राथमिकतामा राखी सेवा प्रवाह गरिएको छ ।

