समाचार

नारायणगढ-मुग्लिन सडक: पहिरो खस्दा जलविरे खण्ड एकतर्फी

चितवन । पहिरोले नारायणगढ मुग्लिन सडकको जलविरे खण्डमा एकतर्फी मात्रै यातायात सञ्चालन भइरहेको छ । प्रदेश ३ ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरिक्षक नविनराज राईले पहिरोका कारण बाटो अवरुद्ध भएको बताए ।

पहिरो पन्छाउदै एकातर्फी यातायात सञ्चालन गरिरहेको राईले जानकारी दिए। बिहान करिब ७ बजेतिर खसेको पहिरोका कारण केही समय सडक पूरै अवरुद्ध भए पनि अहिले पहिरो पन्छाउदै एकतर्फी सञ्चालन भइरहेको जनाइएको छ ।

वर्खा लागेसँगै अघिल्लो वर्ष जस्तै यस सडक खण्डमा यात्रा गर्ने यात्रुहरुले सास्ती व्यहोर्न थालेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *