समाचार

सिके राउतबाट परिचालित हुन् भन्नेहरुलाई आयो सुरेन्द्र भण्डारीको कडा जवाफ

‘नेपालका लागि नेपाली’ अभियान्ताहरुलाई राजावादी र विप्लबको कार्यकर्ता देखि डलरवादी भन्दै टिक्काटिप्पणी गर्दै आएका छन्। यसै अभियान्तामा लागेका सुरेन्द्र भण्डारीले आफुहरु कुनै पार्टीसँग आबद्ध नभएको र एक स्वतन्त्र विचारधारा बोकेको अभियान रहेको सुरेन्द्र भण्डारीले बताए।

उनले भने, ‘हामी न सिके राउतबाट परिचालित छौ न हामी कुनै राजनीतिक दलसँग लागेका छौ। हामी आफ्नै पैसाबाट खर्च गरी देश बचाउनको लागि अभियानमा लागेको छौ।’

उनले थपे, ‘हामीले कुनै दलबाट एक पैसा लिएका छैनौ। यसरी देशमा भईरहेको गलत कार्य बिरुद्ध आवाज उठाएका हौ। ज्ञानेन्द्र शाहीको उपचारमा पनि हामीहरुले आ-आफै सकेको रकम उठाए थियौ।’ उनले स्वतन्त्र नागरिक अभियानमा राजतन्त्र देखि गणतन्त्रसम्मका व्यक्तिहरु पनि सहभागी हुन् सक्ने जनाए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *