समाचार

विबाह गर्छु भन्दै १ हप्तासम्म १४ वर्षिया बालिकालाई कोठामा थुनेर जबरजस्ती गरेका कोलीले खोले रहस्य

ललितपुर । १४ वर्षीया बालिकालाई विवाह गर्छु भन्दै पटक पटक बलात्कार गरेको आरोपमा प्रहरीले वर्ष १९ को विरेन्द्र कोलीलाई पक्राउ गरेको छ । डडेल्धुरा घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–६ सानागाउँ डेरा गरी बस्ने कोलीले १४ वर्षीया बालिकालाई विवाह गर्छु भनी विभिन्न प्रलोभनमा पारेर जबरजस्ती करणी गर्दै आएको समेत स्विकारेको जनाएको छ ।

जेठ ३२ गते साँझदेखि हराएकी ति बालिकाको परिवारले प्रहरीमा जाहेरी दिएको आधारमा प्रहरीले खोजी गर्ने क्रममा कोलीको कोठाबाट उद्धार गरिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डीएसपी गौतम मिश्रले जानकारी दिनुभयो ।

डीएसपी मिश्रका अनुसार कोलीलाई अपहरण गरी शरीर बन्धक बनाई जबरजस्ती करणी गरेको कसुर मुद्धामा जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्याथ थप गरी अनुसन्धान थालीएको छ । बालिकाको उपचार गरेर आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *