एकाएक बिरामी परेपछि भारतीय प्रतिस्पर्धीसँग हार्न पुगे आयुष, नेपाल आएपछि बल्ल खोले रहस्य

अ+
अ
अ-

काठमाण्डौ । नेपाली बालक प्रितम आचार्य र आयुष केसीले हालसालै सम्पन्न भएको सारेगमप लिटिल च्याम्पसमा सहभागीता जनाएर नेपाल फर्किएका छन् । भारतीय टेलिभिजन जिटिभीमा सम्पन्न भएको प्रतियोगितामा उनीहरु तेस्रो र चौथो भएका थिए ।

नेपालका प्रितम आचार्यले तेस्रो र आयुष केसी चौथो भएका हुन् । उनीहरु सोमबार मात्रै नेपाल फर्किएका हुन् । सिन्धुपाल्चोक घर भई हाल भत्तपुरमा बस्दै आएका आयुषलाई आज उनी पढ्ने बिद्यालयले सम्मान तथा स्वागत समेत गरेको छ । बिद्यालयले मंगलबार बिशेष कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

आयुष केसीले सम्मान ग्रहण गरेपछि भारतमा रहँदाको अनुभव साटासाट गरेका छन् । उनले भारतीय प्रतिस्पर्धीलाई नेपाली खाना खुवाएको समेत बताए । उनले सहभागी भारतीय प्रतिस्पर्धीलाई गुन्द्रुक र ढिँडो खुवाएका थिए ।