अ+
अ
अ-
मेक्सिकोमा लागूऔषध तस्करीमा संलग्न समूहका क्षेत्रीय नेता पक्राउ
मेक्सिकोको ग्वाडालाजारामा जलिस्को न्यू जेनेरेसन कार्टेल (सीजेएनजी) का कथित क्षेत्रीय नेता राफेल अल्भारेजलाई पक्राउ गर्न मेक्सिकन नौसेनाका सैनिकले कारबाही गरेका छन्। ‘आर–२’ उपनामले चिनिने अल्भारेजलाई नोभेम्बर ८ मा साबेया रेस्टुरेन्टबाहिर पक्राउ गरिएको हो।
मेक्सिकन अधिकारीहरूका अनुसार अल्भारेज हत्या, लागूऔषध तस्करी तथा एभोकाडो उत्पादक किसानसँग जबर्जस्ती रकम असुलीमा संलग्न समूहको नेतृत्व गरिरहेको आरोप छ। सीजेएनजी मेक्सिकोका दुई प्रमुख आपराधिक समूहहरूमध्ये एक हो।
तस्बिर : मेक्सिकोको ग्वाडालाजारामा कारबाहीका क्रममा सैनिकहरू।
तस्बिर : उलिसेस रुइज / एएफपी


