गुठी विधेयकविरुद्धको प्रर्दशनमा माइतीघर मण्डला तनावग्रस्त

अ+
अ
अ-

सरकारले संघीय संसदमा दर्ता गराएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको विरोधमा आइतवार माइतीघर मण्डलमा प्रर्दशन भएको छ । सरकारले संसदमा प्रस्तुत भएको विधेयकका विरोधमा प्रदर्शनमा उत्रिएका गुठी संरक्षण अभियन्तामाथि प्रहरीले बल प्रयोग गर्दा उक्त स्थिती उत्पन्न भएको हो ।

अभियानकर्ताले प्रहरी दमनको विरोध गरेका छन् । सडकमा प्रदर्शन भएपछि माइतघर परिसर भएर सञ्चालन हुने सवारीसाधन अवरुद्ध भएका छन् । प्रहरीले प्रदर्शनकारी लक्षित गर्दै पानीको फोहोरा हानेपछि उनीहरुले ढु‌ंगा मुढा गरेका थिए । प्रहरी र गुठी अभियन्ताहरूबीच झडप हुँदा १० जना प्रदर्शनकारी घाइते भएका छन् ।