पोखरा । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको बैठकस्थललाई घेरा हालेर प्रहरीले १८ नेता तथा कार्यकर्तालाई कास्कीबाट पक्राउ गरेको छ । सरकारद्वारा प्रतिबन्धित नेकपाका १८ नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । अन्नपूर्ण गाउँपालिका–११ स्थित उरीमा शनिबार राति बैठक बसिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । आमा समूहको भवनमा बैठकमा बसिरहेका उनीहरुलाई घेरा हालेर प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा आक्रोश भनिने विवेक भण्डारी, काजी गुरुङ र मिलन राईलगायत छन् । प्रहरीकाअनुसार, विकास पार्टी जिल्ला सेक्रेटरी भएको खुलेको हो । त्यस्तै काजी विद्यार्थी संगठनका जिल्ला अध्यक्ष तथा राई जिल्लास्तरीय नेता हुन् ।
नियन्त्रणमा लिइएकाहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय, कास्कीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।



