अ+
अ
अ-
काठमाडौं, २५ जेठ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा केही समयअघि प्रवेश गरेका महेश दाहाललाई अस्ट्रेलियाको राजदूत पद उपहार परेको छ ।
नेपाल टेलिभिजनका पूर्व अध्यक्ष समेत रहेका दाहाल नेपाली कांग्रेस छाडी नेकपा प्रवेश गरेका थिए ।उनलाई सरकारले रिक्त रहेको अस्ट्रेलियाका लागि नेपालका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ ।
दाहाललाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराउँदै उचित जिम्मेवारी दिने घोषणा गरेका थिए । प्रचण्डकै सिफारिसका आधारमा दाहाललाई मन्त्रिपरिषद्ले राजदूत पद सिफारिस गरेको हो ।



