लुटेरा नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, चारजना लुटेरा जोरपाटीबाट समातिए

अ+
अ
अ-

काठमाडौः प्रहरीले एक जना लुटेरालाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । महानगरीय अपराध महाशाखाको टोलीले काका भनिने छिरिङ तामालाई नियन्त्रणमा लिएको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।

प्रहरीले फरार रहेका तामाङलाई नियन्त्रणमा लिन दुई राउन्ड गोली समेत प्रहार गरेको छ । प्रहरीले सोही समुहका अन्य चार जनालाई समेत पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धराने भनिने नितेस तामाङ, मुन्द्रे भनिने अजय ध्यावा तामाङ, बाहुन भनिने रुपेश चौलागाई र जिग्रि भनिने भिमराज थिङ रहेका छन् । प्रहरीले उनीहरूलाई जोरपाटी क्षेत्रबाट नियन्त्रणमा लिएको हो । घटनाको थप अनुसन्धान भइरहेको एसएसपी थापाले बताए ।

संलग्न घटनाहरु:

जेठ ४ गते गते दिउँसो जोरपाटीस्थित बुद्धराम सुनारले संचालन गरेको भिमेश्वर सुनचाँदी गहना पसलबाट ८० हजार रुपैयाँ लुटपाट गरेको ।

जेठ ३ गते गते बिहान १० बजेर ४५ मिनेटमा ललितपुर ईमाडोलस्थित कृष्णमन्दिर नजिक सुरेशराज शर्माले संचालन गरेको असन इन्भेष्टमेन्टबाट १ लाख रुपैयाँ लिइ फरार ।

गत चैतमा गोकर्णेश्वर नगरपालिका वडा नम्वर ५ स्थित रवि श्रेष्ठले संचालन गरेको पाथिभरा मनि ट्रान्सफर सेन्टरमा हातहतियार देखाएर ३ लाख ५० हजार रुपैयाँ लिएर फरार।

गत माघ १४ गते गते बिहान चाबहिल ७ स्थित रामप्रसाद तिवारीले संचालन गरेको एग्रिमोर बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा हातहतियार खुकुरीसहित प्रवेश गरी कर्मचारीलाई नियन्त्रणमा लिएको। त्यहाँ नगद लुटपाट गर्ने प्रयास असफल रहेपछि फरार रहेका थिए ।