अ+
अ
अ-
काठमाडौँ -राजधानीको कोटेश्वरमा एक युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सर्लाही नवलपुर घर भएका २४ वर्षीय विशाल मगर रहेका छन् ।
दोलखा घर भइ हाल काठमाडौं बौद्ध बस्ने २१ वर्षीय निमा शेर्पालाई धारिलो हतियार प्रहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
मगरसहित ४ जनाको समूहमा आएका व्यक्तिहरुले कोटेश्वरस्थित एसओएस मोड नजिकै शेर्पालाई कुटपिट गरि खुकुरी समेत प्रहार गरेको प्रहरीले जनाएको छ ।उक्त आक्रमणमा घाइते भएका शेर्पालाई उपचारको लागि सिभिल अस्पताल मिनभवन लगिएको छ ।



